१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ। पार्टी अध्यक्ष चित्रवहादुर केसी हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा उठाइएको त्यसप्रकारको असंवैधानिक कदमको भत्सर्ना गरिएको छ।  

‘पुनर्स्थापित संसदलाई विघटन गर्नका लागि ओलीले विभिन्न षडयन्त्र गर्दै आएका छन्’, विज्ञप्तीमा भनिएको छ,‘पदबाट राजीनामा गरेर मात्र ’मार्गप्रशस्त’ गर्नु पर्नेमा संसदलाई भंग गरेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने षडयन्त्र भएको छ।’  

मुलुक कोरोना महामारीबाट गम्भीर रुपले ग्रस्त भएको बेला जनताको स्वास्थ्य उपचारमा ध्यान केन्द्रित गर्नु पर्नेमा देशलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्य हरको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App