१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन मुलुकमा नियमित उडान

भारत बाहेकका देशमा पनि बिहीबार (आज) बाट सीमित नियमित उडान हुने भएको छ। उड्डयन क्षेत्रको नियमनकारी संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गरी टर्कीको इस्तानबुल र कतारको दोहामा सीमित संख्यामा नियमित उडान सुरु हुने जानकारी दिएको हो। भारतमा भने यसअघि नै सीमित संख्यामा उडान भइरहेको छ।

प्राधिकरणका अनुसार टर्कीको इस्तानबुलदेखि काठमाडौंसम्म टर्किस एयरलाइन्स र काठमाडौंदेखि कतारको दोहासम्म कतार एयरवेज र नेपाल एयरलाइन्सले उडान भर्नेछन्। काठमाडौं–दिल्ली रुटमा एयर बबल प्रणाली अन्तर्गत एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान जारी राख्नेछन्।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार इस्तानबुल–काठमाडौं–इस्तानबुल रुटमा हरेक बिहीबार टर्किस एयरलाइन्सले उडान भर्नेछ। दोहा रुटमा भने नेपाल एयरलाइन्स र कतार कतार एयरवेजले हरेक सोमबार उडान भर्नेछन्।

टर्किस एयरलाइन्सको जहाज हरेक बिहीबार इस्तानबुलबाट बिहान ११ः१५ बजे काठमाडौं आएर सोही दिन राति २३ः०५ मा इस्तानबुल प्रस्तान गर्नेछ। कतार एयरवेजको उडान भने सोमबार ०९ः१० मा काठमाडौं आइपुगेर ११ः०५ बजे दोहा प्रस्थान गर्नेछ। नेपाल एयरलाइन्सको जहाजको उडान समय सोमबार राति २२ः०० तोकिएको छ।

त्यसैगरी नेपाल एयरलाइन्स हरेक बुधबार ११ः०५ बजे दिल्लीका लागि उड्ने र एयर इन्डिया हरेक शुक्रबार १४ः३५ मा काठमाडौं आएर १५ः३५ मा दिल्ली फर्किने तालिका छ। मन्त्रिपरिषद्को जेठ १३ को निर्णय अनुसार प्राधिकरणले कतार र टर्कीको लागि नियमित उडान अनुमति दिएको सूचनामा उल्लेख छ। यो उडान तालिका जुन ३० सम्मका लागि हो। दोहाको पहिलो उडान जेठ २४ गते सोमबार सुरु हुनेछ भने इस्तानबुलको २० गतेबाट सुरु हुनेछ।

प्रकाशित: २० जेष्ठ २०७८ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App