२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजनीतिक खिचातानीले मुलुक गलत दिशातर्फ

सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन्। सर्वेक्षणमा सातै प्रदेश, विभिन्न उमेर समूह र जातजातिसहित पाँच हजार ८२ जना सहभागी थिए।

अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो। घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए।

उजाडिँदै चुरे, संकटमा मुलुकको ‘जीवनरेखा’

मुलुकको शासन अब कसरी अघि बढ्छ भन्नेमा बहस केन्द्रित भइरहँदा पूर्वराष्ट्रपति डा. रामवरण यादवले संकटमा पर्दै गएको मुलुकको जीवनरेखा ‘लाइफलाइन’बारे चिन्ता व्यक्त गरेका छन् । मधेसको मात्र नभई मुलुकको ‘लाइफलाइन’ चुरे संरक्षण नभए मानव जीवन नै संकटमा पर्नेतर्फ उनले ध्यानआकर्षण गराएका छन् ।

असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन कांग्रेस तयार: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली कांग्रेस निकास दिन तयार रहेको बताए ।

नेपाललाई कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई कम विकसित मुलुकबाट विकासशील मुुलुकमा स्तरोन्नति हुन सिफारिश गरेको छ।

जनतामा सार्वभौमसत्ता ल्याउने त्यो सुझबुझ

मुलुकमा लोकतन्त्र आएपछि सबै ठिक हुन्छ भन्ने लागेको थियो । नेपाली कांग्रेस समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टी त झन् क्रान्तिकारी भइहाले । यी दुवै पार्टी मिलेर संयुक्त जनआन्दोलनका माध्यमबाट लोकतन्त्र ल्याउनुपर्छ भन्ने पुष्पलालको सिद्धान्तअनुसार हामी हिडेका हौं ।

प्रतिनिधिसभा विघटनले मुलुक अन्धकारतर्फ जाने खतरा : उपेन्द्र यादव

पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मिति तोकिएको होइन, नत्र झण्डै दुई तिहाईको नजिक बहुमत पाएको संसद किन भंग गर्नुपथ्र्यो होला र?’ मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र अर्थतन्त्र तहस नहस भइरहेको अवस्थामा चुनाव हुने हो भने लगभग २० अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।

मुलुककै लामो झोलुंगे पुल उद्घाटन

नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

‘प्रतिनिधिसभा विघटन गरेर संकट ल्याइयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकलेको राष्ट्रिय सभाका सदस्यहरूले बताएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा भंग गराएर राष्ट्रलाई संकटको दिशातर्फ लगेको आरोप लगाए।

'मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी'

समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन। निश्चय पनि व्यक्ति,दल र सरकार दोषी हुन्। तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन।

फर्किए तेस्रो मुलुकबाट २०५ काभ्रेली

तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन्। विश्वव्यापीरूपमा काेरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन्।

‘पश्चिमी मुलुकलाई तालिवान समूहबाट खतरा नहुने’

अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशंकाको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ ।

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने

कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ।

जेठ २१: उत्सव कि अभिशाप !

अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटका नवराज विक र उनका ५ साथीको समेत बीभत्स हत्या भएको छ। तर जनयुद्धका कमान्डरमध्येका एक पूर्वगृहमन्त्री जनार्दन शर्मा उल्टै हत्यारा जोगाउने अभिव्यक्ति दिन्छन्। अनि म सोच्छु– मलाई विद्यार्थी जीवनमा देखाइएको साम्यवादको सपना यस्तै थियो !

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्