४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ का दर्जनौं चिकित्सक जनता समाजवादीमा प्रवेश

धनुषाका दर्जन बढी चिकित्सकहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

सुधा अग्रवाललाई ‘महिला चिकित्सक’ सम्मान

सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ।राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन्।

वीपीका आवासीय चिकित्सकहरु आवासविहीन तर अनधिकृत संस्थालाई ५९ वटा आवास

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरु आवास नपाएर साँघुरो र सामान्य कोठामा साथीहरुसँग कोचिएर बस्न बाध्य छन्।

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।

कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट

जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ।

चिकित्सक तथा नर्सप्रति भएको दुर्व्यवहार खेदजनकः राष्ट्रपति

“दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले ट्वीटमा उल्लेख गरेकी छन्।

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।

कोभिड अस्थायी अस्पतालमा चिकित्सक अभाव

चिकित्सक नपाएपछि समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

‘बिरामी बचाउन नसक्दा मन दुख्छ’

‘आइसियु चाहियो भनेर फोन आउँछ, खोज्दाखोज्दै बिरामीको मृत्यु भइसकेको हुन्छ’, डा. बिष्टले भने, ‘आफैं डाक्टर भएर पनि हेल्पलेस हुँदा मनमा धेरै पश्चात्ताप हुँदो रहेछ।’ बचाउँछु भनेर मेहनत गरेका बिरामीलाई बचाउन नसक्दाको क्षण पनि पीडा बोकेर काममै खटिनुपर्छ।

अक्सिजनको अभाव: चिकित्सक झनै दबाबमा

कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा बिरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।

चिकित्सकको माग:तत्काल अक्सिजन अभाव हटाऊ

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले महामारीको रुपमा फैलिरहेको कोरोनाको दोश्रो लहरले नेपालमा भयावह स्थिति पैदा गरेको जनाउँदै बिरामीका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गर्न सरकारसमक्ष माग गरेको हो।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ। काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ।

डाक्टर मास्केको नेतृत्वमा डेन्टल एशोसिएसन

दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्