५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १६:३१ अपराह्न

सरकारसँग एलपी ग्यास उद्योग संघको १९ बुँदे माग, सम्बोधन नभए उद्योग बन्द गर्ने

संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गर्दै माग सम्बोधन नभए उद्योग बन्दसम्मको चेतावनी दिएको हो ।

'इँटामा नेपाल आत्मनिर्भर'

झण्डै ४० प्रतिशत इँटा उद्योगहरु यो वर्ष पनि वन्द छन् । कुल इँटाभट्टाको ६० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहँदा पनि मागअनुसार आपूर्ति गर्न सकिने उद्योगीहरूको भनाइ छ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगको परिसंघद्वारा स्वागत

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ ।

लुम्बिनी प्रदेश सरकार : उद्योग चलाउन उद्यमीलाई सहुलियत

उद्योग प्रशासनतर्फ १ हजार १ सय २८ र बाणिज्य प्रशासन तर्फका २ हजार ५ सय २४ उद्योग प्रदेशमा थपिएका छन् । यो अवधिमा सबैभन्दा बढि रुपन्देहीमा उद्योग प्रशासनतर्फ २ सय ९१ उद्योग थपिएका छन् भने बाणिज्य प्रशासन तर्फ ४ सय ५५ उद्योग थपिएका छन् ।

उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको कार्यसमिति निर्विरोध

दशौं अधिवेशनले पान्डेसहित सम्पूर्ण पदका लागि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

धितोपत्र बोर्डमा किन चाहिन्छ आइक्यान प्रतिनिधि ?

करिब दुई दशकमा धितोपत्र ऐनको यो व्यवस्था परिवर्तन हुन लागेको स्थिति छ। यो दुई दशकको अवधिमा के कति स्वार्थ बाझिने काम ती संस्थाबाट भएका रहेछन् भन्ने कुरा कहीँकतै सुनिएको लेखिएको, पढिएको स्थिति छैन।

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्य

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ।

धराशायी बन्दै सिमेन्ट उद्योग, क्षमताको ४० प्रतिशत मात्र उत्पादन

सरकारको पुँजीगत खर्च कमजोर, निर्माण क्षेत्र चलायमान नहुँदा सिमेन्ट उद्योग धराशायी बनेका छन्। बजारमा सिमेन्टको माग घटेर उद्योगहरूले उत्पादन कटौती गर्दा सिमेन्ट उद्योगको नाफामा उच्च गिरावट आएको छ।

दयनीय अवस्थामा गोरखकाली रबर उद्योग: दशौँ वर्षदेखि बाँदर र स्यालको रजाइँ

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम पदार्थ ढुवानी सुरु

विभिन्न माग अघि सारेर आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन्।

ब्रदर्श बेकरीका राई र थापा, जो युवाका लागि उदाहरण बनेका छन्

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्