२० आश्विन २०८१ आइतबार
image/svg+xml

भिडलाई लक्षित गरी गराइएको विस्फोटमा ७ जनाको मृत्यु

टर्कीएको सीमा नजिकैको अजाज सहरमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ।

२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

वर्षासँगै आएको हुरीबतासमा ४ जनाको मृत्यु

भारत पश्चिम बङ्गालको जलपाईगुडीमा वर्षासँगै आएको हुरीबतासका कारण ४ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्।

मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु

मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

कारागारभित्र एकजना कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।

दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो। घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो।

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारा नजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ।

पानी बोकेको ट्यांकर दुर्घटनामा बालकको मृत्यु

इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ।

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु

आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

कुलो खन्न गएकी महिलाको मृत्यु

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्