१० वैशाख २०८२ बुधबार
image/svg+xml १९:३९ अपराह्न
अन्तर्राष्ट्रिय

भिडलाई लक्षित गरी गराइएको विस्फोटमा ७ जनाको मृत्यु

टर्कीएको सीमा नजिकैको अजाज सहरमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ३० जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार टर्किएको सीमा नजिकैको मुलुक सिरियास्थित अजाज सहरमा रमजानको लागि सामान किनमेलका लागि जम्म भएको भिडलाई लक्षित गरी भएको कार विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो।

विस्फोटमा परी घाइते भएकाहरूलाई अस्पताल भर्ना गरिएको छ। हालसम्म विस्फोटको कसैले पनि जिम्मा लिएको छैन।

प्रकाशित: १९ चैत्र २०८० ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App