१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

पत्रकार शाहको उपचार नेपालमा गरे सहयोग गर्न सकिन्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भारतमा उपचारर्थ पत्रकार ज्योति शाहलाई नेपालको स्वास्थ्य संस्थामा उपचार गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बुधबार पत्रकार महिलाहरुले भेटी पत्रकार ज्योति शाहको उपचारमा सहयोग गर्न अनुरोध गरेपछि मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन।

मन्त्री पौडेलले विदेशमा उपचार गर्न जानेको हकमा उपचार सहयोग गर्न नमिल्ने तर नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने नीति रहेकोले शाहलाई बाँकी उपचार नेपाल आएर गरेमा निजी र सरकारी दुवै  अस्पतालमा उपचारको लागि पहल गर्ने बताए।

‘विदेशमा उपचार गर्नेको हकमा सहयोग गर्न नियमले नै दिंदैन, नेपालमा आएर उपचार गरेमा म पहल गर्छु’ उनले भने। नेपालमा आएमा निजी र सरकारी दुवै अस्पतालमा नि:शुलक उपचारकोलागि पहल गर्ने  उनको भनाइ छ ।

पत्रकार शाह विगत केही महिनादेखि स्तन क्यान्सरले पीडित बनेकी छिन।

स्तन क्यान्सरको कारण भारतमा उपचार गरिरहेकी पत्रकार शाहको उपचारमा सहयोगको पहल गर्न पत्रकारहरु पवित्रा सुनार, निमा काफ्ले,लोगसरी कुँवर र देवकी बिष्ट मन्त्रालय पुगेका थिए।

प्रकाशित: १० वैशाख २०८२ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App