१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनपछि निवर्तमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन नैतिकता प्रदर्शन गर्दै साँझ नै राजीनामा दिएका थिए। त्यसपछि भदौ २४ गते काठमाडौंलगायत मुलुकका ठुला सहरहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

'आज नेता लेखकले घटनाका विषयमा जानकारी गराउन जाँचबुझ आयोगमा जाने कार्यक्रम छ,' लेखकका स्वकीय सचिव जनक भट्टले भने, 'त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नुहुनेछ।'

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए। जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए।

जेनजी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा गरी तीन वटा निजी घरमा आगजनी गरी ध्वस्त पारिएको थियो।

प्रकाशित: १४ पुस २०८२ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App