१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

दक्षिण अफ्रिकाको यात्रायात व्यवस्था विभागका अनुसार ४६ जना सवार उक्त बसका ४५ जनाको मृत्यु भएको र एकजना ८ वर्षीया बालिका घाइते भएकी छिन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

अधिकारीहरूका अनुसार बिहीवार सडकमा लगाइएको ब्यारियरमा बस अनियन्त्रित भएर ठोक्किएर दुर्घटना हुँदा १६४ फिट तल खसेको थियो।

३१ मार्चमा मनाइने इस्टर पर्व मनाउनका लागि बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०८:०३ शुक्रबार

दक्षिण अफ्रिका ४५ जनाको मृत्यु बस दुर्घटना १ जना घाइते