१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्षासँगै आएको हुरीबतासमा ४ जनाको मृत्यु

भारत पश्चिम बङ्गालको जलपाईगुडीमा वर्षासँगै आएको हुरीबतासका कारण ४ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्।

बीबीसीका अनुसार गर्मीमा आउने तीव्र गतिको हुरीबतासका कारण रुखहरू ढल्दा ४ जनाको मृत्यु भएको हो।

घाइते भएका ३०० सयमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैजनाको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको छ।

पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा वर्षासँगै आएको हुरीबतासले घरहरूमा पनि क्षति पुगेको छ भने हवाई उडान पनि प्रभावित बनेको छ।

प्रकाशित: १९ चैत्र २०८० ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App