मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको हो: उपेन्द्र यादव
शोषित, उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको बताउँदै अध्यक्ष यादवले भने, ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस र कम्युनिष्टले चाहेका थिएनन्, जनविद्रोहको बलमा मात्रै उत्पीडित समुदायको आरक्षणको सुनिश्चितता भएको हो, र थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ।’