१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सांसद मनाङेलाई ५ वर्ष जेल सजाय

सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध तत्कालीन पुनरावेदन अदालत, पाटनले तोेकेको ५ वर्ष जेल सजाय सदर गरेको छ । २०६४ सालमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय फैसला भएको थियो । मनाङे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

पूर्वसांसदले बाँडेको १० अर्ब खर्च गर्न सर्वोच्चको रोक

पूर्वसांसदले १० अर्ब रुपैयाँ बजेट दिएका योजना कार्यान्वयन गर्ने सरकारी प्रयासमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

माघ ७ अघि प्रदेश सांसदको सपथ नभए राष्ट्रियसभाको निर्वाचन के हुने ?

‘राष्ट्रियसभा निर्वाचनका लागि  मतदाता नामवाली सार्वजनिक गर्नुअघि नै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको अन्तिम परिणाम बुझाउनु पर्छ । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम  नबुझाए आयोगले कसरी मतदाता नामावली सार्वजनिक गर्न सक्छ ?’

वादी समुदायकी एक्लो सांसद बनिन् उमादेवी

जीवनभर वादी समुदायको हकहितका लागि संघर्षत उमादेवी वादीको अहिले परिचय फेरिएको छ । आजीवन संघर्षमा बिताएकी उमा अहिले प्रदेशसभा सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकमा चुनिएकी छन् । अहिले स्थानीयले माननीय भनेर सम्बोधनसमेत गर्न थालिसकेका छन्।

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।

थारु सांसद माग गर्दै आयोगमा निवेदन दर्ता

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

अस्थायी राजधानीसमेत नतोकिँदा प्रदेशसभा सांसद अलमलमा

दोस्रो चरणको प्रदेशसभा सदस्यको निर्वाचन भएको शुक्रबार ठीक एक महिना हुँदैछ । तर प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष्यमा निर्वाचित ३ सय ३० प्रदेशसभा सदस्य भने सपथ ग्रहण नहुँदा र अस्थायी राजधानी नतोकिदा  अलमलमा परेका छन्।

सांसद सिलवालको मामिला

त्यस क्षेत्रको विकासमा रातोदिन खटेका, स्वच्छ छविका, मिलनसार र मृदुभाषी निवर्तमान सांसदको तुलनामा हिजोसम्मका प्रहरी कर्मचारीलाई प्रिय र योग्य ठान्ने जनता जनार्दनलाई सही भन्ने हिम्मत जुटाउन नसकेर हुरुक्क भएको छु ।

काम नपाएपछि जिल्ला फर्कंदै सांसद

प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं. २ का एमाले सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् । उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक साताअघि काठमाडौं आएका थिए ।

आठ किलो चरेससहित सांसद उम्मेदवार पक्राउ

हालै सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन्।  रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाको उम्मदेवार रहेका गरुडा नगरपालिका ५ लक्ष्मीपुरका शिवशंकर पाण्डे प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ परेका हुन्।

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

नेपाली कांग्रेसले प्रदेशतर्फको ७२ जना सांसदको टुंगो लगाएको छ। कंग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कांग्रेसले  समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्