१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीका दाबेदारले नै पाएनन् सांसद सिट

नेकपा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुरले थापा यसपाली सांसद बन्ने अवसर गुमाएका छन्। संवैधानिक व्यवस्थाका कारण प्रदेश समानुपातिक तर्फको सूचीमा रहेका थापाको सांसद सहित मुख्य मन्त्रीको बाटो पनि बन्द भएको छ ।

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

माओवादी समानुपातिक सांसद : मन्त्रीदेखि नेता पत्नीसम्म

नेकपा माओवादी केन्द्रले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको नाम लगभग टुंगो लागेको छ ।

आयोगले दलसँग माग्यो सांसद हुनेको नाम

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँड गरी राजनीतिक दलहरूलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

सांसद्ले नै तिरेनन् ऋण

रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृर्षक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् ।

सांसद बन्न राजपा र फोरममा चलखेल

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । दुवै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्।

वडाध्यक्षदेखि सांसदसम्मका अजेन्डा उस्तै

मंसिर ९ गते बिहान ११ बजे । शिवसताक्षी नगरपालिका १० का चन्द्रलाल कट्टेल आँगनमा दाल केलाउँदै थिए । चुनावी रन्कोमा रहेका वाम गठबन्धनका उम्मेदवार र एक हुल कार्यकर्ता उनको घरमा आएर भर्खरै बिदा भएका थिए ।

राजधानी तानातानमा सांसद

पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

पूर्वसांसदकै जमानत जफत

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका १३ उम्मेद्वारको जमानत जफत भएको छ । खसेकामध्ये कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभातर्फ ५ उम्मेद्वारको जमानत जफत भएको हो । चुनावी मैदानमा उत्रिएका १९ उम्मेद्वारमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका वाम गठबन्धनका तीन उम्मेद्वार र निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिकका तीन उम्मेद्वारको मात्र जमानत जोगिएको छ। मंसिर १० गतेको निर्वाचनमा प्रतिनिधिसमातर्फ १० र प्रदेशसभातर्फ ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।

सांसद नबन्दै मुख्यमन्त्रीमा चर्चा

७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा छ। नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट, प्रतिनिधि सभाको उम्मेदवार बने लगत्तै थापाको नाम चर्चामा आएको थियो।

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिनन्।

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई  उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

प्रदेश ६ मा १४ पूर्वसांसद् मैदानमा

प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट प्रदेश ६ मा १४ पूर्व सांसदले उम्मेदवारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्