१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जहाँ एउटै वडाले चुन्दै छ सांसद

‘एउटै वडाले प्रदेशसभाको सांसद नै चुन्न पाउनु गौरवको विषय हो, अन्य ठाउँमा तीनभन्दा धेरै वडाले मात्रै प्रदेशसभा सांसद पाएका छन्, त्यसैले प्रदेश सांसदले यो क्षेत्रको बृहत्तर विकास अघि बढाउने मौका पाएका छन् ।’

प्रदेश ४ : चुनावी मैदानमा १८ पूर्वसांसद

प्रतिनिधिसभा निर्वाचनमा प्रदेश नं. ४ मा १८ जना पूर्वसांसदले उम्मेदवारी दिएका छन् । तीमध्ये लोकतान्त्रिक गठबन्धनबाट १४ र वाम गठबन्धनबाट ४ जना छन् । कुल उम्मेदवारमध्ये लोकतान्त्रिक गठबन्धनबाट ४ र वाम गठबन्धनबाट १४ नयाँ अनुहार छन् ।

प्रदेश नं. ३ मा ४३ पूर्व सांसद भिड्दै

प्रतिनिधिसभाको निर्वाचनमा प्रदेश नं ३ मा लोकतान्त्रिक गठबन्धनबाट २२ जना र वाम गठबन्धनबाट २१ जना गरी ४३ जना पूर्व सांसद्ले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट ११ जना नयाँ र वाम गठबन्धनबाट १२ जना नयाँ अनुहार छन् ।

प्रदेश २ : ४८ पूर्वसांसद चुनावी मैदानमा

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमध्ये ४८ जना यसअघि सांसद भइसकेका छन् । लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भइसकेका राजनीतिज्ञ हुन् ।

यसरी छानिन्छ समानुपातिक सांसद

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सूचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलहरूले समानुपातिकबाट पुरा गर्नुपर्ने छ।

छैटौंपटक सांसद बन्न मैदानमा

मंसिर १० र २१ गते दुई चरणमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका नेतामा २०४८ सालदेखि २०७४ सम्म लगातार सांसद÷सभासद् हुने मौका पाएका नेता पनि छन्।

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द

पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्द हुने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदको नामबाट छुट्याएका सम्पूर्ण योजना रद्द गर्न निर्वाचन आयोगले सरकारलाई आइतबार निर्देशन दिएको हो।

पूर्व सांसदका विकास योजना रद्द गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले निवर्तमान सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यान्वयन गर्ने, नयाँ कार्यक्रम छनौट गर्ने, रकम निकासा गर्ने लगायतका काम नगर्न भनेको छ।

काँग्रेसबाट पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।

युवतीको विषयलाई लिएर गोली प्रहार, पूर्व सांसदका भतिजा पक्राउ

काठमाडौंको म्हैपीमा गोली चल्दा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ।

सांसद विकास कोषबाट छात्रालाई साइकल

विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई ६ लाख बराबरको साइकल वितरण गरेका छन् । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न सिम्रा माध्मिक विद्यालय भवानीपुरका कक्षा ८ र ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेका हुन्।

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्

निवर्तमान सांसद कल्पना चापागाई जोशीले आफ्नो पदावधिभित्र सांसद विकास कोषको रकम बितरण गर्न असफल भएकी छन्। शनिबार पदावधि सकिदाँसम्म उनले जिल्ला प्राविधिक कार्यालयमा कुनैपनि योजनाको नाम दिन नसकेकी हुन्।

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन्। निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन्।

जिन्सी सुविधा फिर्ता गर्दै सांसद

चुनावी गठबन्धनमा व्यस्त एमाले सांसद रेवतीरमण भण्डारी हतारमा सुनसरीबाट काठमाडौं आए । संसद्को अन्तिम बैठकमा सहभागी हुन आएका उनले संसद् सचिवालयवाट पाएको सुविधा बुझाउने काम पनि गरे ।

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले 'प्रजातन्त्र हरण'को रुपमा टिप्पणी गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्