संविधानकै कारण नयाँ सरकार गठनमा ढिलाइः नेता खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन्। लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने– ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन्। लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने– ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसके पनि आवश्यक पर्ने संघीय कानुनको मस्यौदासमेत तयार भएको छैन । नयाँ संविधान कार्यान्वयका लागि मौलिक हक बाहेक पनि थुप्रै नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । बनाउनुपर्ने कानुनको पहिचान भए पनि मस्यौदा निर्माणको काम अघि बढाइएको छैन । कानुन मन्त्रालयले आवश्यक कानुन निर्माण प्रक्रियामा रहेको जनाएको छ ।
संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचन नेपाली कांग्रेसका लागि धेरै किसिमले अनुकूल थियो । बृहत् शान्ति सम्झौतामार्फत सशस्त्र हिंसामा रहेको माओवादीलाई जंगलबाट सिंहदरबारमा ल्याएको जस लिँदै आएको कांग्रेसका लागि आफ्नै नेतृत्वमा संविधान जारी गराएको अर्को ठूलो मुद्दा थियो ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागबाहिर असोज २२ गते बिहान ११ बज्दा नबज्दै ठूलो भिडभाड जम्मा भयो । क्यान्सर भएर केमोथेरापी उपचार लिइरहेका बिरामी चिकित्सकलाई भेट्न जम्मा भएका थिए । झट्ट हेर्दा एक दिनको भिड हो कि जस्तो लाग्छ तर यहाँ मात्रै होइन हरेक क्यान्सर अस्पतालमा यस्तो भिड अचेल दिनदिनै बढ्न थालेको छ ।सोही भिडमा भेटिए कैलाली बौनिया लोहागढका सुरेश भुल ।
नेपाल संयुक्त राष्ट्र संघीय यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहारविरुद्धको महासन्धिको पक्ष राष्ट्र भएपछि बनाउनुपर्ने कानून तीन वर्षदेखि थन्किएको छ।
प्रतिवेदन आए पनि व्यस्तताले हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । ‘प्रतिवेदन आइपुगेको छ । तर, व्यस्तताले गर्दा हेर्न पाएको छैन,’ प्रजिअ शर्माले भने, ‘सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदन हेर्नेछु ।’
मंसिरभित्रै दुइटा चुनाव एकैपटक गर्न पनि सरकारले आवश्यक तयारी पूरा गर्न ढिलाइ गरेको आयोगको गुनासो छ
४ सय ५६ मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ।
पशुपंक्षी विकासमन्त्री शन्तराम थारुको नेतृत्वमा बनियाभारको रामपुर, पदनाहा पञ्चजन्य उमावि, मधुवनको त्रिभुवन उमावि, सूर्यपटुवामा हेलिकोप्टरमार्फत सोमबार प्रारम्भिक राहत वितरण गरिएको छ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन ।
देशमा व्यापारबाट आउने राजस्वको ६० प्रतिशत बढी संकलन हुने व्यापारिक नाका रहेको आर्थिक नगरी वीरगन्ज यतिखेर लथालिंग छ। सहरको मुख्य बजार क्षेत्रका सडकहरु र पर्सा जिल्लाको समग्र ग्रामीण क्षेत्र जोड्ने पदम रोड खनिएकाले यातायात र पानीका निकासहरु अवरुद्ध भएपछि स्थानीयमा आक्रोश बढेको छ।
-राजनीतिक दलहरूले एकअर्काको उम्मेदवारी कुर्दा विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन ढिलाइ भएको छ ।
जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।
सवारीसाधनमा 'इम्बोस्ड’ नम्बर जडान गर्ने शुल्क निर्धारण हुन नसक्दा डिजिटल प्रविधियुक्त नम्बर प्लेट कार्यान्वयनमा ढिलाइ भएको छ। यातायात व्यवस्था विभागले नयाँ वर्षदेखि सवारीसाधनमा 'म्यानुअल' नम्बर प्लेट विस्थापन गरी इम्बोस्ड नम्बर प्लेट लागू गर्ने घोषणा गरेको थियो।
स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति' मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ। दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन।