२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वर्षा रोकिएसंगै नेपाल र भारतबिचको खेल सुरु,२३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्ने

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको दोश्रो पाली सुरु भएसंगै पानी पर्न थालेर रोकिएको खेल पुन सुरु भएको छ । वर्षाका कारण अव २३ ओभरको मात्र खेल हुनेछ । २३ ओभरमा भारतले नेपाललाई जित्न १४५ रन बनाउनु पर्नेछ।खेल रोकिदा भारतले २ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको थियो ।

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको क्यान्डीमा जारी खेलमा नेपालले पहिलो ब्याटिङ गरेको छ । खेल रोकिँदासम्म नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन । ऐरी २७ तथा कामी ११ रन बनाएर खेली रहेका छन।

भारत विरुद्ध नेपालले ५ विकेट गुमायो , आसिफ शेख आउट भए

नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।

एसिया कप : भारत विरुद्ध नेपाललाई पहिलो झड्का

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका कुशल भुर्तेल २ छक्का र ३ चौका सहित ३८ रन बनाएर आउट भएका छन । १० ओभरमा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । आशिफ शेख २३ रन बनाएर खेलीरहेका छन ।

एसिया कप : नेपाल र भारत दुवै टोलीको प्लेइङ ११ यस्तो छ

पाकिस्तासंग खेलेको टोलीमा भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले पाकिस्तानसंग खेलेको टोलीमा एक परिवर्तन गरेको छ ।भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन ।

एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

एसिया कप क्रिकेटमा आज नेपालले भारतसंग प्रतिस्पर्धा गर्र्दैछ। श्रीलंकाको क्यान्डीस्थीत पालेकेले रंगशालामा हुने यो खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।खेल सुरु हुन आधा घण्टा अघि टस हुनेछ।

गोकर्ण रिसोर्टमा राज्यबाटै कानुनी डकैती

नेपाल ट्रस्ट मातहत आएपछि सुबिर ब्रदर्सले २०६७ साउनमा गोकर्ण रिसोर्टको ४९ प्रतिशत सेयर यती होल्डिङ्स प्रालिलाई ७६ करोड रुपैयाँमा बिक्री गरेको थियो।

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ।

सुकेटारमा साढे दुई महिना पछि नेपाल एयरलायन्सको उडान

ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल एयरलायन्सले करिब साढे २ महिना पछि उडान गरेको छ।

विश्वकप एसिया क्षेत्र छनोट : कतारमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

नेपाल बैंक र एडिबीबीच सम्झौता

नेपाल बैंकले एसियाली विकास बैंकसँग एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको छ।

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ।

विद्युत्को २० अर्ब बक्यौता तिर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर बक्यौता तिर्न आलटाल गर्दै आइरहेका उद्योगी व्यवसायीलाई १५ दिनभित्रै जरिमानासहितको २० अर्ब बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्