६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप : भारतविरुद्ध नेपालले २३० रन बनायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले २३० रन बनाएको छ।  

टस हारेर पहिला व्याटिङ गरेकाे नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो ।  

नेपालका लागि सबै भन्दा वढि आसिफ शेखले ९७ बलमा ८ चौकासंगै  ५८ रन बनाए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का सहित  ४८ रनको योगदान दिए । कुसल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का सहित  ३८ रनको योगदान दिए ।  दिपेन्द्रसिंह ऐरीले २९  र  गुलसन झाले २३ रन बनाए । नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।  सन्दीप लामिछाने ९ रन बनाएर रन आउट भए । 

प्रकाशित: १८ भाद्र २०८० १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App