२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप : नेपाल र भारत दुवै टोलीको प्लेइङ ११ यस्तो छ

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ।

पाकिस्तासंग खेलेको टोलीमा भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले पाकिस्तानसंग खेलेको टोलीमा एक परिवर्तन गरेको छ । भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११  

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

भारतको प्लेइङ ११ 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव।

प्रकाशित: १८ भाद्र २०८० ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App