५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल बैंक र एडिबीबीच सम्झौता

नेपाल बैंकले एसियाली विकास बैंकसँग एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको छ। कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

उक्त सम्झौतासँगै नेपाल बैंक एडिबी टिएससिएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ। सम्झौताले २ सयभन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बैंकले जनाएको छ।

नेपाल बैंकको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बैंकले बताएको हो।

सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक र नेपाल बैंकका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका छन्। प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबीच बैंकको उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर रहेको बताए।

प्रकाशित: १८ भाद्र २०८० ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App