२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

कर्णाली नदीमा पानीको बहाव बढ्दैः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ।

बबई नदीले बगाउँदा तीन बेपत्ता, तीन सय घरमा क्षति

लगातार परिरहेको पानीले बबई नदीको सतह बढ्दा दाउँरा बटुल्ने क्रममा तीन जना बेपत्ता भएका छन्। तीन सय घरमा क्षति भएको छ।

मेलम्ची नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

शनिबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढेको छ।

भेरीमा खसेर एक जना बेपत्ता

भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका –७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

तटबन्ध भत्किएपछि ४८ परिवार विस्थापित

रौतहटको बागमती र लालबकैया नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ।लगातार परेको पानीले लालबकैया नदीमा बाढी आउँदा राजपुर नगरपालिकाको बैरियामा तटबन्ध भत्किएको छ। तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि एकै गाउँका ४८ परिवार विस्थापित भएका छन।

नदीबाट बेपत्ता भएका दम्पती अझै भेटिएन,जोखिममा कमला बाँध जोगाउन सुरक्षाकर्मी सक्रिय

कमला नदीमा आएको बाढीले बगाएका धनुषाका दम्पती अझै फेला परेका छैन् । मंगलबारदेखि वेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीय माया परिवार अझै फेला परेका छैन्।खोलामा दाउरा टिप्न गएका उनीहरु बेपत्ता भएको २४ घण्टा बितिसकेको छ।

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ।

राप्तीको बहाब बढ्यो, टापुमा फसेका पाँच जनाको उद्धार

बाढी बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

पानी संकटले छटपटाउँदै मधेस

कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था।

नदीजन्य पदार्थ ठेक्कामा यसरी हुन्छ भ्रष्टाचार

नगरपालिकाले पाउनुपर्ने अपुग मूल्य अभिवृद्धि करसमेत ८७ लाख ४९ हजार ५० रूपैयाँको प्राप्तिको रेकर्ड नै राखिएको छैन। अहिले सहनी नगरपालिकामा कार्यरत्त छैनन्। करार सेवा थप नभएपछि उनी पदमुक्त भएका छन्।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

चार वर्षदेखि डिजाइनमै सीमित पान्तडी पुल

निर्माण व्यवसायीले निर्माण गर्ने विभिन्न योजनाहरू अलपत्र पर्दा स्थानीय नागरिकले सास्ती खेप्नु परेकाे छ।

सेप साउथ एसिया–२०२३ का उपलब्धि

दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्