७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नदीबाट बेपत्ता भएका दम्पती अझै भेटिएन,जोखिममा कमला बाँध जोगाउन सुरक्षाकर्मी सक्रिय

कमला नदीमा आएको बाढीले बगाएका धनुषाका दम्पती अझै फेला परेका छैन् । मंगलबारदेखि वेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीय माया परिवार अझै फेला परेका छैन्।खोलामा दाउरा टिप्न गएका उनीहरु बेपत्ता भएको २४ घण्टा बितिसकेको छ।

बाँध कटान सुरु भएकै ठाउँबाट उनीहरु बेपत्ता भएका थिए । बाँध कटान भएको क्षेत्रमा सुरक्षाकर्मी सक्रिय भएका छन् । उनीहरुले बाँध जोगाउने काम सुरु गरेका छन । सुरक्षा निकायले तार जालीमा ढुङ्गा राखेर बाँध जोगाउने काम गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

उनका अनुसार गणेशमान चारनाथ नगरपालिका ७ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर ५० मिटर बाँध कटान हुने जोखिम बढेको थियो । त्यहाँ पानीको ठक्करले बाँधमा असर पुर्‍याएको थियो । कमला सिचाई व्यवस्थापन कार्यालय पोर्तहा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर संयुक्त रुपमा बाँध जोगाउने कार्यमा लागेका छन् । सबै निकायसंग समन्वय गरेर बाँध जोगाउने काम गरिरहेको उनले बताए ।

प्रकाशित: २४ श्रावण २०८० १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App