८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘उपप्रमुख समृद्धि कोष’ को महिला आत्मनिर्भर अभियान

‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं। उद्यमी बन्न कोषबाट सहयोग गर्छौं’, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल भन्छिन्।

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छिन्।

महानगरपालिकामा पसल बन्द गराइदिनदेखि कोठा खालि गराउनेसम्मका उजुरी

काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।

सुनचाँदीका गहना बनाउने तालिम सकियो

दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम आइतबार सकिएको छ।

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।

हाटबजारले दियो रोजगारी

बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।

नारायणको वेबसाइटमा चरम लापरबाही: एक वर्षदेखि नगरप्रमुखकाे ठाउँमा उपप्रमुख

नियमित अपडेट हुनु त के जनप्रतिनिधिको मर्यादाक्रम र शुद्धाशुद्धी पनि ख्याल गरिएको छैन। सुशासन ऐनले हरेक सार्वजनिक सूचनाहरु वेबसाईट मार्फत प्रकाशन गर्न बाध्यकारी व्यवस्था पनि गरेको छ।

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव: डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छिन्।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैनः सुनिता डंगोल

'राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ।'

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

महानगरको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न दिने छैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख, सुनिता डंगोलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्।

व्यवसायी दर्ता र करको दायरा बढाउने काममा सहजिकरण गरिन्छः उपप्रमुख डंगोल

उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।

टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद, छुट्टाछुट्टै उपलब्धी सार्वजनिक

‘प्रमुखबाट त्यस्तो समन्वय हुने गरी पहल हुन सकेन’ उनले भने–‘मैले एक्लै भएपनि आफ्नो कुरा राखे। यसमा कुनै अन्यथा छैन।’

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ: उपमेयर डंगोल

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले गरिरहेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्