१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।  

बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ।  

हिजो बस्ने भनिएको बैठक समय अभावको कारण आज बस्न लागेको हो। 

प्रकाशित: ३० वैशाख २०८० ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App