१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महानगरको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न दिने छैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख, सुनिता डंगोलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्। 

उनले संविधानजारी भएको सातवर्ष सम्मको यात्रामा वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यगर्न महत्वपूर्ण भूमिका खेलेकाे बताइन्।  

जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न पनि यस संविधानले ओजस्वीभूमिका खेलेको उनको भनाइ छ।  

उनले संविधानदिवसको अवसरमा काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गरेकी छिन्। साथै उनले राज्यबाट प्राप्तहुने सेवा र सुविधामा सबै नागरिकको समानपहुँच बनाउन पनि जोड दिने बताइन्।  

'संविधान दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्ने चाहन्छु।'  उनले भनिन्। 'संविधानदिवसकै अवसरमा जनप्रतिनिधिको हैसियतले महानगरवासीले देखेको विकास समृद्धिको सपनामा हातेमालो गर्दै अघि बढ्ने प्रण पनि व्यक्तगर्न चाहन्छु। यहाँको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न नदिने प्रतिवद्धता व्यक्त गर्दै आम महानगरवासीलाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि अपिल गर्दछु।  मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामानिहित सार्वभौमसत्तालाई सर्वाेपरि राख्दै अघि बढ्न पनि सबैमा अपिल गर्दछु।' उनले भनिन्।  

साथै उनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँ महानगरवासीलाइ निष्पक्ष, स्वतन्त्र र भयरहित आफ्नो मताधिकारको सदुपयोग गर्न पनि अपिल गरेकी छिन्।  

सँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनका क्रममा जीवनको आहुतिदिनुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेकी छिन्।

प्रकाशित: ३ आश्विन २०७९ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App