१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुनचाँदीका गहना बनाउने तालिम सकियो

दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम आइतबार सकिएको छ। सुनचाँदी व्यवसायी संघको आयोजनामा असार २२ देखि तालिम सुरु भएको थियो। तालिममा चौधजना प्रशिक्षार्थी सहभागी थिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिककी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई तालिम दिएर हाम्रो मौलिक पेसाका रूपमा रहेको ‘सुनचाँदी व्यवसायको विस्तार गर्न पाइला सार्ने बेला आएको बताइन्।

उनले भनिन्, ‘सुनचाँदी व्यवसाय मात्र नभएर काठमाडौंको मौलिक पेसा र पहिचान हो। अझ भनौं यो काठमाडौं उपत्यकाका नेवारहरूको मौलिक पेसा हो। यसर्थ पनि यसलाई व्यवसायका रूपमा अगाडि लैजान समयसमयमा प्रशिक्षण एवं तालिम सञ्चालन गर्न आवश्यक छ।’

बजारमा केको महत्व छ, केको माग धेरै छ, त्यस आधारमा प्रशिक्षण एवं तालिम कार्यक्रम सञ्चालन गरिरहन सके अझ धेरै फाइदा र प्रभावकारी हुने महानगर उपप्रमुख डंगोलले बताइन्।

उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिने तालिम सीपमूलक, आयमूलक, रोजगारीमूलकसँगसँंगै काठमाडौंको मौलिकतासँग जोड्ने हाम्रो उद्देश्य रहेको छ। त्यो उद्देश्य पूरा गर्नका लागि सुनचाँदी व्यवसायी संघसँग सहकार्य गरेर जानुपर्छ।’

कार्यक्रममा कामनपाका प्रवक्ता एवं १७ नं वडाका अध्यक्ष नवीन मानन्धर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष महेन्द्ररत्न शाक्यको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व काठमाडौं सुनचाँदी व्यवसायी संघंका अध्यक्ष सुरेश शाक्यले गरेका थिए।

प्रकाशित: १ श्रावण २०८० ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App