१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ।

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।

वर्षा प्रभावित इलाकामा नेपाली सेना खोज तथा उद्धार कार्यमा सक्रिय

पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई सहयोग गरिरहेका छन।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

अवैध ढंगले विदेशी सेनामा नेपाली

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो।

राष्ट्रिय सुरक्षा र सेनाका विषयमा हल्का टिप्पणी नगरौँ : सुरक्षाविद्

जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन।

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार :परराष्ट्रमन्त्री

नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन।

नेपाली सेनाको प्रथम क्याप्टेन किनलक पदयात्रा

नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी देखि सिन्धुलीगढीसम्म प्रथम क्याप्टेन किनलक पदयात्रा गरेको छ । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाको सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डाको आयोजनामा पदयात्रा भएको हो।

संख्या घटाउने अभिव्यक्तिमा सेनाको असन्तुष्टि

सेनाको संख्या कटौती गर्नुपर्ने स्पष्ट कारण भने दुवैले सांसदले दिन सकेका छैनन्। सांसद विमला राई पौड्यालले राखेको धारणबाट सैन्यवृत्तमै मनोबल खस्कने र राष्ट्रिय सेना कहाँ कसरी खटाइने हो भन्ने विषय र महत्वसमेत नबुझेको भन्दै आलोचना भएको छ।

कैलालीको घोडाघोडी सेनाको टोलीबाट शङ्कास्पद वस्तु निस्क्रिय

कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ।

प्रफुल र रसिलालाई उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले आइतबार राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैनः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन्।

विद्रोह टर्‍यो, वाग्नर बन्यो बारुदबिनाको बन्दुक

रुसको राजधानी मस्को ‘हान्न’ निस्केका निजी सेना समूह वाग्नर प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनको अभियान अन्ततः बारुदबिनाको बन्दुक प्रमाणित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्