२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कैलालीको घोडाघोडी सेनाको टोलीबाट शङ्कास्पद वस्तु निस्क्रिय

कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ।

यसैबीच कैलालीको गोदावरी नगरपालिका–१२ को कुमिझाल भन्ने ठाउँको खहरे खोलामा डुबेर सोही ठाउँका बहादुर खत्रीकी छ वर्षीया छोरी गीताको आज मृत्यु भएको छ।

विद्यालयबाट घर फर्किने क्रममा निज बालिकालाई खोलाले बगाएको बताइएको छ। घटनास्थलबाट दुई किलोमिटरको दूरीमा सोही खोलामा बालिकाको शव फेला परेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २२ असार २०८० १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App