१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रूसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यान गएको छः प्रधानमन्त्री दाहाल

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '

न्याय खोज्दै बालसेना

यतिबेला पूर्वबाल सेनालाई राज्यले ‘अयोग्य लडाकु’को बिल्ला भिराएर तिनको आत्म सम्मानमा ठेस पुयाएको छ। ८ पूर्वबालसेनाले अपमानजनक जीवन सहन र धान्न नसकेर आत्महत्या समेत गरेका छन्।

वायुसेना एकेडेमीको कार्यक्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

८० वर्षिय बाइडेन स्नातक क्याडेटहरूसँग हात मिलाएर फर्कदा अल्झेर लडेका हुन्। स्टेजमा रहेका बालुवाको झोलामा उनी अल्झिन पुगेका थिए।

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

नेपाली सेनाले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले भारतबाट पनि चारवटा एपिसी किन्दै छ। भारतबाट ल्याइने एउटा एपिसीको मूल्य करिब चार करोड र चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

दोषीलाई कानुनी दायरामा ल्याइन्छ: प्रधानमन्त्री

‘लडाकु शिविरमा अनियमितता भएको भए छानबिन गर्न म तयार छु र त्यसमा दोषी ठहरिए जेल जान पनि तयार छु। क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ। पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपका लागि आरोप मात्रै हो।’

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।

‘लडाकु’लाई दुई/दुई लाख नदिन अल्पकालीन आदेश

सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन आदेश जारी गरेको छ।

नेपाली सेनाको सफा हिमाल अभियानका १० जनाले गरे सगरमाथा आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

के चीन शक्ति चुचुरोमा पुगेको हो?

सन् २०३० सम्ममा चीनको जलसेना अमेरिकाको भन्दा ५० प्रतिशतले ठुलो हुने र सन् २०३५ सम्ममा चीनले आणविक हतियार चारगुणाले बढाउने अनुमान छ।

४५ अर्ब लागत बढाउन सेनाको प्रस्ताव

नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रूपैयाँ बढाउन प्रस्ताव गरेको छ। निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो।

पहिराेले अवरुद्ध सडक खुलाउन सेना परिचालन

धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।

फलामको रडले घोच्दा मृत्यु

बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१९ महिना अगावै काठमाडौं-तराई द्रुतमार्गको २८ महिना म्याद थप

सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्