२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

पेट्रोल पम्प सञ्चालकले आफ्नो व्यवसाय धराशयी भएको बताइरहँदा  पेट्रोलियम कारोबारमा लगानी गर्न आकर्षण देखिएको छ। निजी क्षेत्रसहित सरकारी स्वामित्वका संस्थान पेट्रोलियम कारोबारमा लगानी गर्न तत्पर भएका हुन्।

आक्रमक लगानीले लगानीयोग्य पुँजी अभाव

आक्रमक रुपमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा बैंकहरुमा लगानीयोग्य पुँजी अभाव भएको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्। साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रीक नीति ल्याएको भएतापनि आधा वर्षमा नै ३० प्रतिशत कर्जा बढेपछि लगानीयोग्य पुँजी अभाव भएको उनको तर्क थियो।

१० वर्षमा एक खर्ब लगानी!

सरकारले आगामी १० वर्षमा खानी तथा खनिजमा आधारित उद्योगमा कम्तीमा एक खर्ब  लगानी गर्ने भएको छ। पहिलोपटक खानी तथा खनिज सम्बन्धी नीति सार्वजनिक गर्दै यस उद्योगमा १० वर्षमा ठूलो रकम भिœयाउँदै ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

मुलुकको पर्यटन क्षेत्रमा केही वर्षयता अर्बौं लगानीमा होटल निर्माणका काम भइरहेका छन् । होटल उद्योगमा मात्र पछिल्लो पटक निजी क्षेत्रबाट १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ । यो तथ्यांकले निजी क्षेत्र वृहत लगानीका ठूला परियोजना सञ्चालन गर्न सक्षम देखिएको महसुस भने गराउँछ।

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

हामीले लामो समयदेखि पूर्वाधार विकास र निर्माणको कुरा गर्दै आए पनि यसको सीमितताले उद्योगधन्दा राम्रोसँग चल्न र फस्टाउन सकेको छैन । छिमेकी चीनले सन् ७०–८० को दशकमा बनाएका सडकको फाइदा अहिले लिइरहेको छ ।

कृषिमा लगानी 'बालुवामा पानी'

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर  उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ।

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।

चिनियाँ लगानी र प्रविधिका उद्योग बढ्दै

एमबिबिएस पढ्न चीन पुगेका धनुषाधाम, जनकपुरका रमण मण्डलले चिकित्सकको उपाधिसँगै चिनियाँ लगानीको उद्योगसमेत लिएर स्वदेश फर्केका छन्। त्यहाँको सान्दोङ प्रान्तको वेइफेङ मेडिकल युनिभर्सिटीमा ६ वर्ष अध्ययन गर्ने क्रममा चिनियाँले पानीको जोहोका लागि स्टिलको ट्यांकी प्रयोग गरेको देखेपछि उनले योजना बुने, ‘नेपालमा पनि यस्ता ट्यांकी बनाउने उद्योग खोल्नुपर्छ।’

लगानी प्रतिबद्धता बढ्यो

गत वर्ष स्वाट्टै घटेको वैदेशिक लगानी प्रतिबद्धता यस आर्थिक वर्ष बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशतले वृद्धि भएको छ। योसँगै समग्र उद्योगको लगानी प्रतिबद्धता समेत बढेको छ।

जलविद्युत अायाेजनामा २ अर्ब ४३ करोड लगानी प्रतिबद्धता

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

नेपाल लगानी भित्र्याउन क्यानडामा सम्मेलन

नेपाल लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

ऊर्जामा लगानी गर्न दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको ऊर्जा (जलविद्युत्) क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्। युनाइटेड अरब इमिरेट्सको आबुधाबीमा आयोजित 'वर्ल्ड फ्युचर इनर्जी समिट' उद्घाटन सत्रमा सोमबार दाहालले लगानीमैत्री वातावरण भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गरी ढुक्क हुन आग्रह गरे।

नेपाली व्यवस्थापक, भारतीय लगानी

भारतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ। साथै, विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्