२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री आग्रह

ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन्।

एनआरएनलाई सगुनमा लगानी गर्ने अवसर, २ अर्बको आइपिओ खुल्दै

अमेरिकी स्टक मार्केटमा सूचिकृत हुने तयारीमा रहेको सामाजिक सञ्जाल सगुनमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानीको अवसर पाउने भएका छन्।

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।

नेपालमा लगानीका लागि कुनै समस्या छैनः मन्त्री जोशी

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलन मा सहभागी भई नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउन आग्रह गरेका छन्।

ब्रिक्स बैंकलाई नेपालमा लगानी गराउन आग्रह

नेपाल उद्योग परिसंघको परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने गरी संयन्त्र विकास गर्नुपर्ने बताएका छन्। नेपालका लागि ब्रिक्स समूहका सदस्य देशका राजदूत र परिसंघ प्रबुद्ध परिषद्बीच मंगलबार भएको अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन्।

जलविद्युत्मा प्याकेज लगानी

चीनमा ऊर्जा संकट नरहेको र भारत आफँै आणविक भट्टीमार्फत बिजुली उत्पादन गर्न तल्लीन रहेको अवस्थामा नेपालले बिजुली बेचेर अर्थोपार्जन गर्ने सोच राख्नुलाई कच्चा खेलभन्दा अन्यथा नहोला।

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

बैंक तथा वित्तीय संस्थालेे घरजग्गामा मासिक करिब सवा ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ। साउनपछिका तीन महिनामा उनीहरुले करिब १७ अर्ब रुपैयाँ लगानी गरेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउनसम्ममा घरजग्गामा २ खर्ब ५३ अर्ब ४२ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ४५ अर्बको आवासीय कर्जासमेत) लगानी गरेका थिए।

निक्षेपभन्दा दोब्बरले बढ्यो लगानी

बैंकहरुले निक्षेपभन्दा लगानी दोब्बरले बढाएका छन् । दसैंपछिका दुई महिनामा बैंकहरुले लगानी ५३ अर्बले बढाएका छन् भने निक्षेप संकलन २४ अर्बमात्र भएको छ । असोज २८ गते बैंकमा निक्षेप १८ खर्ब २४ अर्ब रुपैयाँ थियो । गत मंसिर २७ गतेसम्म निक्षेप संकलन १८ खर्ब ४८ अर्ब पुगेको छ । यसबीचमा बैंकको निक्षेप संकलन २४ अर्बले बढेको छ ।

काठमाडौंमा लगानी सम्मेलन आयोजना हुने

अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन हुने भएको छ।

६० करोड लगानीमा हेली एभरेस्ट सञ्चालन

मुलुकको उड्डयन क्षेत्रको नियामक निकायले नयाँ हेलिकोप्टर सेवा प्रदायक कम्पनी 'हेली एभरेस्ट प्रालि' लाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्रदान गरेको छ।

बुद्धले १ अर्ब लगानीमा अर्को जहाज थप्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानी गरी अर्को एउटा जहाज खरिद गर्ने घोषणा गरेको छ। यसका लागि बुद्धले जहाज निर्माता कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। बुद्धले ७२ सिट क्षमतायुक्त 'एटिआर७२–५००' सिरिजको एकथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

हडियामा ३ करोड लगानीको खानेपानी सञ्चालनमा

जिल्लाको दक्षिणी गाविस हडियाको बहुप्रतिक्षित खानेपानी आयोजना सञ्चालनमा आएको छ । ९ वर्षदेखि निर्माण कार्य सुरु गरिएको ‘हडिया खानेपानी तथा सरसफाई आयोजना’ आईतबारदेखि विधिबत सञ्चालनमा ल्याइएको हो ।

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

निजी स्तरमा ठूलो लगानीमा सञ्चालित ‘ग्लोबल एग्रिटेक नेपाल प्रालि’ले बिहीबारदेखिआफ्नै उद्योगमार्फत बीउ प्रशोधन सुरु गरेको छ। जिल्लाको बनकटवा–९, लालपुरमा रहेको उक्त उद्योगले पहिलोपटक ठूलो क्षमताको मेसिनमार्फत बीउ प्रशोधन सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्