२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
डा सुभाष पोखरेल


डा सुभाष पोखरेलका लेखहरु :

माफीले दलितप्रतिको अपमान चोखिन्छ?

दलित समुदायले भोगिरहेको जातीय विभेदको फेहरिस्त हेर्ने हो भने कयौं छन्। जातकै कारण देहावसान भएका दलितका सूची धेरै छन्।

विकल्प बन्ला कांग्रेस?

जेनजीका भावनालाई कुल्चन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा सभापति देउवा पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। नेपाली कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।

जेनजी आन्दोलनका उपलब्धि गुम्ने खतरा

मन्त्रीपरिषद्मा जेनजीको प्रतिनिधित्व तत्काल गर्नुपर्छ। जेनजीले पनि छरिएर होइन, सबै समूह एक ठाउँमा आई सिङ्गो समिति बनाएर देशभरिका जेनजीको प्रतिनिधित्व गर्नेगरी आफ्ना अजेन्डा अडिगभएर उठाउनुपर्छ।

पत्रकारमाथि कहिलेसम्म प्रहार ?

पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्‍याउन निकै सकस पथ्र्यो।

भुइँ मान्छेको किसानी अभ्यास

खेती कर्ममा परिपक्व किसानहरू आफ्नै खेतीपातीबाट अनुभव लिँदै अपनत्व बढाउँदै, निपूर्णता तिखार्दै गरेको महसुस गरेँ।

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो।

कृषि प्रसारमा कृषि पाठशाला

कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।

प्रवर्द्धन पर्खँदै मौलिक नेपाली खेती

सन् १९८० को दशकमा विश्वका धेरै मुलुकमा जैविक कृषिमा सम्बद्ध किसान तथा उपभोक्त सचेत हुँदै जैविक कृषिका लागि आवश्यक नीतिनियम बनाउन, सिफारिसपत्र दिने व्यवस्था गराउन र जैविक कृषि बजारको व्यवस्था गर्न अग्रसर भए। जसले गर्दा जैविक कृषि उपजहरूको मापदण्ड निर्धारण र सिफारिस गर्ने काम थुप्रै विकसित देशमा सन् १९९० को दशकबाट अघि बढ्यो।

नेपाली खाद्य प्रणाली: रूपान्तरण र सुरक्षा

नेपाल विश्व भोकमरीको सूचकांकमा दयनीय अवस्थामा छ। करिब ३७ लाख मानिस खाद्य असुरक्षाको स्थितिमा छन्। खाद्यान्न आयात उच्च छ। कुपोषण र अन्य मानव स्वास्थ्य सूचकहरूको समेत अवस्था नकारात्मक छ।

कोभिड कहरमा खाद्य सुरक्षा

खेती र खाद्य प्रणालीको साङ्लो टुटेकाले खाद्यान्नको उपलब्धता, सरल पहुँच, उपयोग र दिगो आपूर्तिमा असन्तुलन निम्तिएको छ। जसले दिगो विकास लक्ष्यलाई समेत प्रभावित तुल्याउने अवश्यम्भावी छ।

फागुन १७ बाट बुद्धको नेपालगन्ज–दिल्ली उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।

आरक्षण : कहाँ, कसलाई, कतिपटक ?

लोकतान्त्रिक आन्दोलनपछिका कानुनले विभिन्न जातजाति तथा समुदायलाई राज्यका प्रत्यक अंगमा आरक्षणको सुविधा दियो । एक दशकको प्रयोगपछि आरक्षणले अपेक्षित परिणाम दियो कि दिएन,त्यसको लेखाजोखा आवश्यक हुन्छ। आरक्षण देश हितमाछ अथवा त्यसले केवल एउटा वर्गको उत्थानमा योगदान गर्याे, त्यसको निक्र्याेल खड्कियो।

आर्थिक कारणले धरापमा छ संघीयता ?

संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद्का अतिरिक्त सातै प्रदेशका विधानसभाले पूर्णता पायो । केन्द्र तथा प्रान्तमा सरकार गठनले रफ्तार लिँदो छ । लामो समयदेखि जनप्रतिनिधिबिहीनतामा रहेका स्थानीय तहले पदाधिकारी पाए । दुवै तह जोड्दा मन्त्री १ सय पुग्ने भए । सांसद संख्या झण्डै ९ सय पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्