दैनिक ४१६ करोड गुमाउँदै लगानीकर्ता
सेयर बजार दिनहुँ ओरालो लाग्न थालेपछि लगानीकर्ताले दैनिक ४ अर्ब १६ करोड गुमाउँदै गएका छन्। गत साउन १२ गते २२ खर्ब रुपैयाँ हाराहारीमा पुगेको बजार पँुजीकरण बिहीबार १७ खर्ब ६ अर्बमा आइपुगेको छ।
सेयर बजार दिनहुँ ओरालो लाग्न थालेपछि लगानीकर्ताले दैनिक ४ अर्ब १६ करोड गुमाउँदै गएका छन्। गत साउन १२ गते २२ खर्ब रुपैयाँ हाराहारीमा पुगेको बजार पँुजीकरण बिहीबार १७ खर्ब ६ अर्बमा आइपुगेको छ।
नुत्पादक भनिए पनि वा केन्द्रीय बैंकले ऋणप्रवाहमा बेलाबखत कडाइ गरे पनि नेपालमा घरजग्गा व्यवसायमा लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कुनै बेला थातबासका निम्ति र कृषिकर्म गर्ने उद्देश्यमा जोडिने जग्गा अब नाफामुखी व्यवसाय हुन पुगेको छ ।
विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको 'बाली समिट'मा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका छन्।
एक अर्व ५० करोडको लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा निर्माण भएको पतंजलि आयुर्वेद उद्योगको बिहीबार उद्घाटन हुने भएको छ।
कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी तयारीको विभिन्न दल सम्बद्ध किसानका पेसागत संघ–संस्थाले विरोध गरेका छन्। कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने सरकारको योजना २० वर्षे दीर्घकालनि कृषि विकास रणनीति विपरीत भएको उनीहरुको ठहर छ। अहिले प्रस्तावित गरिएको ऐनमा कृषिमा विदेशी लगानी भिœयाउने कार्य मान्य नहुने चेतावनी दिएका छन्।
राजधानीलाई तराई–मधेससँग जोड्ने बहुमहत्वको फास्टट्र्याक आफै निर्माण गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तयारीलाई प्रशंसनीय मान्नुपर्छ। मन्त्रालयले आगामी मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव लगेर अनुमोदन गराएपछि यसअघि गरिएको भारतीय कम्पनीसँगको सम्झौता रद्द हुनुका साथै स्वदेशी लगानीमै उक्त फास्टट्र्याक निर्माण हुने बाटो खुल्नेछ।
सरकारले सञ्चालन तथा नियन्त्रण गर्न नसकेपछि लगानी बोर्डमा बेलायती विकास सहयोग नियोग (डिफिड) को हस्तक्षेप बढेको छ । सरकारकै लापरबाहीका कारण बोर्डमा डिफिडबाट तलब÷भत्ता खाने परामर्शदाता हाबी हुँदै गएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापनामा आएको वैदेशिक लगानी प्रभावकारी र पारदर्शी बनाउने भएको छ ।
सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेका छन्।
समझदारी भएको १३ वर्षसम्म काम नगरेर भारतले जिम्मा लाएको हुलाकी राजमार्गको झन्डै आधा काम नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएको छ। भारतको भर पर्दा सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले आधा कामको जिम्मा सरकारले लिएको हो।
दूध उत्पादन र बजार बढेसँगै दुग्ध उद्योगमा लगानी बढ्दै गएको छ । सरकारले दूधमा आत्मनिर्भर बन्ने योजना ल्याएपछि सानादेखि ठूला लगानीकर्ता आकर्षित भएका छन् । किसानले उत्पादन गरेको १५ प्रतिशत दूध (करिब ६ लाख लिटर) मात्र डेरीमार्फत बिक्री वितरण भइरहेकोले दूध र दुग्ध उत्पादनको बजार व्यवस्थित गर्न लगानी बढाएका हुन् ।
ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा शनिबार आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले यस्तो धारणा राखेका ह्रन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कल्याणका परियोजनामा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि हुनुपर्ने बताएका छन् । ‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हँुदैन,’ मिल्केन इन्स्टिच्युटद्वारा शुक्रबार सिंगापुरमा आयोजित एसिया समिटमा अध्यक्ष चौधरीले भने, ‘हाम्रो बिजनेसमा योगदान पु¥याइरहेको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रले आत्मसमीक्षा गर्नु आवश्यक छ ।’
वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन्।
पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि देखिएको छ। गत आर्थिक वर्षमा पनि उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकी भारतभन्दा परियोजनाको संख्या तथा लगानी रकम दुवैको आधारमा ५ गुना बढी लगानी गर्ने प्रतिबद्धता गरेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ।