२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

ताप्लेजुङ- उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।

जनता संगै कर्मचारीहरुकै मात्र लगानीमा थप बिद्युत आयोजना निमार्णका लागि अर्जा मन्त्रालयले अवधारणा अघि सारेको भन्दै मन्त्री शर्माले सरकार केहि समय भित्रै नेपाललाई नै लोडसेडिङ मुक्त बनाउने अभियानमा केन्द्रित भएको बताए। उनले बिद्युत तार पोलिङको क्रममा रुख काँटछाँट गर्दा उपभोक्तालाई मुद्दा हाल्ने नभई बिद्युत प्राधिकरणलाई सोझै बिपक्षी बनाउन समेत आग्रह गरेका छन्।

उनले राजनीतिक प्रसंग जोड्दै सरकारसंग संविधान संशोधनका लागि आवश्यक पर्ने संसद सदस्यको दुई तिहाई मत नभएकोले एमालेलाई समेत बिश्वासमा लिन आवश्यक रहेको बताए। शर्माले अवको १५ दिन भित्र सरकारले संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाउने समेत जानकारी दिए। 

एमाले सहितका दलहरुले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने पुरानो अडान दोहोर्‍याइरहेका बेला माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले भने एमालेलाई समेत साथ लिएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। 

उनले संसोधन प्रस्ताव पास/फेल जे भएपनि सरकार अव चुनावको माहोलबाट पडाडि नर्फकने बताए। चुनावको मिति तोक्ने अन्तिम फैसला निर्वाचन आयोगको भएको भन्दै मन्त्री शर्माले निर्वाचनका लागि सरकार तयार भएको संकेत संगै आयोगलाई सरकारले ‘बिजनेस’ समेत दिएको मन्त्री शर्माको भनाई थियो।

बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङका साथ आएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बिद्युत चुवाहट नियन्त्रण र भई रहेका बिद्युत आयोजना सञ्चालन प्रकृयाले गति पाँउदा लोडसेडिङमुक्त बनाउने अभियान साकार हुदै गएको बताए। लामो समय पछि केन्द्रिय प्रसारण लाईन जडान भएपछि हर्षित भएका स्थानीयको तर्फबाट युवा सरोकार समूहले मन्त्री शर्मालाई सम्मान सहित माग पत्र समेत पेश गरेका छन्।

 

प्रकाशित: २१ माघ २०७३ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App