२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

सरकारको लगानी भित्र्याउने समितिमा श्रेष्ठ

नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्।

करौडौं लगानीमा टालटुले विकास

सांसद पूर्वाधार विकास कोषअर्न्तगत नौ लाख ७५ हजार रुपैयाँ पदनाहास्थित १६ बिगाहा वन घुस्री सडक ग्राभेल गर्न योजना छनोट भयो। सडक ग्राभेल गर्न विनियोजन भएको बजेट उपभोक्तामार्फत काम भएको जिविसमा तथ्यांक छ। उक्त सडकमा माटो सम्याएर ढुंगा छरिएको प्रस्ट देखिन्छ।

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारमा जोड

वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधारका साथै प्रक्रियागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्चस्तरीय वैदेशिक लगानी अनुगमन तथा समन्वयन समितिले गरेको छ । समितिका संयोजक उद्योग मन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा आइतबार उद्योग मन्त्रालयमा बसेको बैठकले वातावरण सम्बन्धी मूल्यांकन प्रक्रिया प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्ष समेत निकालेको छ ।

लगानी भित्र्याउने लोभ

जहिले जहिले हाम्रो सरकारले विदेशीलाई लगानी निम्ति आमन्त्रण गर्छ तहिलेतहिले त्यसका निम्ति अत्यावश्यक वातावरण निर्माणको प्रश्न पनि उठ्ने गर्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन समारोहलाई आइतबार संवोधन गर्ने क्रममा लगानीको निम्तो दिएसँगै फेरि यो प्रश्न उजागर भएको छ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सात दिने भ्रमणमा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत आयोजना, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको आह्वान गरेका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

लगानी सम्मेलनपछिको दायित्व

अढाई दशकपछि भएको नेपाल लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको उत्साहजनक सहभागिता रह्यो। दुई दिने सम्मेलनको अन्तिम दिनसम्म साढे १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त हुनुले मात्र नभै नेपालमा भएका केही महत्वपूर्ण आयोजना र सम्भावनाका क्षेत्रहरुको खोजीका दृष्टिले पनि सम्मेलनको सफलता मान्नै पर्छ ।

'लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ'

विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए। आफ्नो राजनीतिको दौरानमा पहिलो पटक वर्तमान मन्त्रिपरिषद्मा स्थान बनाउन सफल जोशीले उद्योग जस्तो नेपालमा त्यति ग्लामरस नमानिने मन्त्रीका रूपमा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदाहरण देखाए।अ

भारतका नेपाली व्यवसायीले नेपालमा सय करोड लगानी गर्ने

भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोड लगानी गर्ने भएका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ।

नेपालमा लगानी गर्न उपयुक्त समय हो : उपाध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ अष्ट्रियाले साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो।

लगानीको लगन

विभिन्न २३ देशका उद्योगी/व्यवसायी र सरकारका प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले नेपाल वैदेशिक लगानीका लागि मखमली कार्पेट ओछ्याएर स्वागतमा रहेको विश्वस्त वातावरण दिन सफल भएको छ।

१४ खर्ब बढी लगानी गर्न विदेशी इच्छुक

नेपालमा राजनीतिक स्थिरता बढ्ने संकेतसँगै विभिन्न देशका लगानीकर्ता यहाँ व्यापार–व्यवसाय फैलाउन उत्साही देखिएका छन्। शुक्रबार राजधानीमा सम्पन्न दुईदिने 'नेपाल लगानी सम्मेलन– ०१७' मार्फत प्रमुख राजनीतिक नेतृत्वले आर्थिक विकासमा एकजुट भएको उद्घोष गरेसँगै सहभागी विदेशी लगानीकर्ताले नेपालमा १४ खर्ब लगानी गर्न इच्छा देखाएका छन्।

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

दुई दिनसम्म काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड अमेरिकी डलर) नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्। नेपालमा लगानी भित्र्याउन रुचि देखाउनेमा उत्तरी छिमेकी चीन पहिलो स्थानमा छ।

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

एसियाली पूर्वाधार लगानी बैंक २०१६ जनवरी १६ स्थापित बहुपक्षीय वित्तीय संस्था हो। नेपालसहित ५६ संस्थापक देशले  'एसियाभर पूर्वाधारको चर्को आवश्यकता सम्बोधन गर्न सबै देशलाई एकै स्थानमा ल्याउन' बैंक स्थापना गरेका हुन्।

लगानीका लागि नेपाल उपयुक्त गन्तव्यः भारतीय वित्तमन्त्री जेट्ली

भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताएका छन्। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि काठमाडाैंमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्