३० वैशाख २०८१ आइतबार
image/svg+xml

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, भोलिदेखि वर्षा

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

उच्च हिमाली भेगमा हिमपात (तस्बिरहरु)

त्यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ। बागलुङ, पूर्वी रुकुम, म्याग्दी, हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा हिमपात भएको छ।

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

लेक पुगे भेडाका बथान

यहाँका भेडीगोठमा रहेका भेडाका बथान यतिबेला पुनः लेक पुगेका छन्। चिसो छल्न बेसी ल्याइएका घुम्ती भेडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन्।

हिउँदे वर्षाका हिमाली संकेत

पानी र हिउँ नपर्दा यो पटक तापक्रम पनि बढेको छ भने तापका कारण भएको हिउँ पनि पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिएका छन्। उच्च भेगमा हावा चलिरहँदा धुलो पनि उत्तिकै उडिरहेको छ।

उराठलाग्दो हिमाली भेग (फोटो फिचर)

यो सिजनमा हिउँ परेन, पानी पनि परेन। अघिल्ला वर्ष हिउँ र पानी पर्दा उच्च हिमाली भेग केही रसिलो देखिन्थ्यो, उच्च हिमाली भेगको फेदीसँँम्म सेतै हिउँ जमेको हुन्थ्यो। तर, अहिले अवस्था फरक छ। उच्च हिमाली भेगको सबैतिर उराठ लाग्दो देखिन्छ। अरुबेला सेताम्य देखिने हिमाली चुचुरा पनि कालै देखिन्छन्। हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहदाँ धुलो पनि उत्तिकै उडिरहेको छ।

वर्षा र हिमपात नहुँदाको मारः उच्च हिमाली भेगको जमिन सुक्यो, मुहान पनि सुके

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेगका पर्यटकीय गाउँमा पानीको मूल पनि सुक्न थालेका छन्। हिमपात र वर्षा नहुँदा पानीको मूलको श्रोत कमजोर बनेको स्थानीयको गुनासो छ।

हिमाली भेगः मतदानको हुटहुटीले बिर्साएको चिसो

उच्च हिमाली भेगमा अझैसम्म हिमपात भइसकेको त छैन, तर, चिसो भने दिनदिनै बढिरहेको छ। स्थानीयका अनुसार हिमपात नभएपनि बिहान बेलुकीको तापक्रम भने माइनस ४–५ डिग्रीमा झरिसक्छ।

हिमाली भेगको पदयात्राः एबिसीमा सहज, अन्यत्र सकस

हिमपात र वर्षाद्ले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङ सहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लु सहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।

मुस्ताङमा माटोका छानो चुहिएर समस्या

पहिले–पहिले कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा यस वर्ष भीषण वर्षा भएपछि माथिल्लो भेगका अधिकांश कच्ची घर चुहिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्