२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डोल्पाको इतिहासमै पहिलो पटक बृहत सार्वजनिक सुनुवाई

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा सरकारी कार्यालयहरुवाट प्रदान गरिने सेवासुविधा नागरिकले भोग्नु परेका पीडा संघ र प्रदेश सरकारवाट आएका विकासी योजना र खर्चेको बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई गरिन लागेको हो।

बेरुजु फस्र्यौटमा संसद्को लेखा समितिमाथि प्रश्न

लेखा समितिले खर्च गर्नपर्ने ठाउँमा खर्च गर्नुपर्ने तर खर्च गर्दा प्रमाण नपुगेको छ भने मात्र त्यस्तो कुरालाई फस्र्यौट गर्नसक्छ तर जथाभावी निर्णय गरेर खाने त्यसपछि प्रमाण नपुगेको भन्नेर मिनाह गर्न मिल्दैन, कतिपय अवस्थामा लेखा समितिले मिनाह गर्न नमिल्ने अवस्थामा पनि मिनाह गरेको देखिएको स्रोतले बतायो।

सूर्याेदयको बजेट १ अर्ब २९ करोड

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नवौं नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम बिहीबार आयोजित समारोहमा संविधानसभा सदस्य सूर्याबाला राईले सार्वजनिक गरे।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मनाङेले बुझाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा

सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

भेटरेनरी र कृषिको बजेट सार्वजनिक

कृषि ज्ञान केन्द्र उदयपुर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले चालु वर्ष जिल्लामा गर्ने कार्यक्रमको बिबरण सार्वजनिक गरेका छन्।

सार्वजनिक सवारीको भाडा बढ्यो

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।

एथलेटिक्स परिवारको वार्षिक खेलतालिका

खुला क्रस कन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ। सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवार नेपालले जनाएको छ।

कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।

दोस्रो चरणमा २८ नाम सार्वजनिक

१३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदै छ। त्यसअघि नेपालले तयारीस्वरूप घरेलु भूमिमा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्दै छ। उक्त खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुनेछन्। हाल नेपाली टोली च्याम्पियनसिपको तयारीका लागि पोखरामा प्रशिक्षण गरिरहेका छन्।

९५ राजनीतिक दलको सूची सार्वजनिक

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दल खारेजपछि कायम रहेका संख्या सार्वजनिक गरेको हो। आयोगले कायम रहेका दलको नाम, दलको चिह्न, चुनाव चिह्न, दर्ता नम्बर र सम्पर्क ठेगाना समेत सार्वजनिक गरेको छ। यसअघि खारेजीपूर्व आयोगमा १ सय ३६ दल कायम थिए।

कृशलाको हत्यामा दुई पुरुष संलग्न, अपराधी सार्वजनिक गर्दै प्रहरी

गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीका हत्यारा पत्ता लागिसकेकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्