८ वैशाख २०८१ शनिबार
खेल

दोस्रो चरणमा २८ नाम सार्वजनिक

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक भएको छ । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक टोलीबाट २८ सदस्यीय खेलाडी सार्वजनिक गरेका हुन्। दोस्रो चरणमा गोलकिपर विशाल सुनारसहित स्टार स्ट्राइकर भरत खवास, जर्जप्रिन्स कार्की, राजीव लोप्चन, सन्जोग राई, त्रिदेव गुरुङ, रजिन धिमाल, सेसेहाङ आङदेम्बे र विक्रम लामा साफ च्याम्पियनसिपको तयारीबाट बाहिरिएका छन्।

१३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदै छ। त्यसअघि नेपालले तयारीस्वरूप घरेलु भूमिमा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्दै छ। उक्त खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुनेछन्। हाल नेपाली टोली च्याम्पियनसिपको तयारीका लागि पोखरामा प्रशिक्षण गरिरहेका छन्। 

उक्त च्याम्पियनसिपका लागि चार गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की र विकेश कुथु र अर्पण कार्कीले दोस्रो चरणमा स्थान बनाएका छन्। अन्य सदस्यमा सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरजज्यू ठकुरी, सुमन लामा, कमल थापा, नीतिन थापा, तेज तामाङ, राजन गुरुङ, पूजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ,  सुजल श्रेष्ठ, सुनील बल, मनीष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिशेक रिजाल र शिशिर लेखीले दोस्रो चरणमा स्थान  बनाएका छन्।  

प्रकाशित: १ भाद्र २०७८ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App