५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एथलेटिक्स परिवारको वार्षिक खेलतालिका

एथलेटिक्स परिवार नेपालले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ। मंगलबार एथलेटिक्स परिवारले एक कार्यक्रमबीच वर्ष २०७८–२०७९ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डरअनुसार २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६/यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए।

खुला क्रस कन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ। सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवार नेपालले जनाएको छ। ‘हामी एथलेटिक्स संघको प्रतिस्पर्धी होइनौं,’ खत्रीले भने, ‘यो एथलेटिक्सलाई माया गर्ने पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र शुभचिन्तकको समूह हो। जसले एथलेटिक्स संघसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छ,’ खत्रीले भने।

सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीको नामावली पनि सार्वजनिक गरिएको थियो। एथलेटिक्स परिवार नेपालको अध्यक्षमा खत्री, उपाध्यक्षमा दीपककुमार रञ्जित, सचिवमा मञ्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सीताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन्। त्यस्तै सल्लाहकारमा मोहन नेपाल, सुशीलनरसिंह राणा, सुनील राजवंशी र सञ्जीव तुलाधरलाई चयन गरिएको छ।

प्रकाशित: २ भाद्र २०७८ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App