१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा

शव सडेको अवस्थामन मृत भेटिएकी त्रियुगा नगरपािलका ६ मोहनपुरकी कृशला चौधरीको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिका १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय बिशे सदालाई प्रहरीले सार्वजनिक गरेको हो।

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे  गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए। तर, अझै पनि सबै कारण स्पष्ट भईनसकेको उनले बताए।

‘सबै कारण खुलिसकेको छैन तर, घरबार बिगारेको बद्ला लिन हत्या गरेको बयान उनीहरुले दिएका छन्’ एसपी बोहराले पत्रकार सम्मेलनमा भने ‘कृशला उचितकी श्रीमति साथीसाथी रहेछन्, उनीसँगकै हेलमेल र हिडडुलले गर्दा आफ्नी श्रीमति अर्कैसित बिहे गरेको भन्ने ठानेर बद्ला लिन हत्या गरेको सुरुवाती बयान प्राप्त भएको छ। अन्य कुरा बिस्तारै खुल्दै जाला।'

मोहनपुरका प्रेमकुमार चौधरीकी १६ वर्षीया कृशलाका साउन १३ गते घरबाट बेपत्ता भएकि थिइन्। १९ गते सडेसकेको अवस्थमा स्थानीयले शव भेटेर प्रहरीलाई खवर गरेका थिए। लास पहिचान गर्नै नसक्ने गरी सडिसकेको हुनाले हत्यारा पत्ता लगाउन निकै कठिन भएको प्रहरीको भनाई छ। करिब सय जनामाथि अनुसन्धान गरेपनि सदाद्वय आरोपी हुनसक्ने बलियो आधार भेटिएको एसपी बोहरोले बताए।

प्रहरीका अनुसार बयानमा सदाद्वयले १३ गते नै कृशलाको हत्या गरेको बयान दिएका थिए। दिउँसो ३ बजेदेखि सँगै रहेका उनीहरुले राति साढे १० बजेतिर कृशलाको हत्या गरी रातमाटे खोला किनारमा माटोले पुरेर छाडेको बयान दिएको पत्रकार सम्मेलनमा जानकारी दिए। एकजनाले घाँटी ङ्याकेको र अर्काले टाउकोमा मुड्की बजारेर हत्या गरेको बयान दिएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। नियत नै हत्या गर्ने भएकाले घुम्न जाने बहानामा बोलाएर राजदेवी जंगल लगी हत्या गरेको पुष्टि भएको उनले बताए। हत्या गर्नुअघि उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको अनुमान प्रहरीले गरेको छ।

पीडितका आफन्त, अधिकारकर्मी र घट्नास्थल पुगेका स्थानीयबासीको अनुमान अनुसार एसिड छर्केको र शरीर क्षतविक्षत हुनेगरी आक्रमण गरेको भन्ने तथ्य भने पुष्टि नहुने प्रहरीले जनाएको छ। घट्नामा कुनै हातहतियारको प्रयोग पनि भएको नदेखिएको प्रहरी दावी छ। हत्याको सातादिनपछि सडिसकेको अवस्थामामा लास भेटिनाले क्षतविक्षत भएजस्तो देखिए पनि चोटपटक र एसिड प्रयोगक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाई छ। लासको पोष्टमार्टम रिपोर्ट नआईपुगेकाले पनि यसबारे यसै भन्न नसकिने प्रहरीले जनायो।

‘पहिलो कुरा एसिड छर्केको वा शरीरमा चोटपटक लागेको भन्नसक्ने अवस्था छैन, त्यसमाथि पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’ डिएसपी गौतमले भने ‘हाललाई हत्यारा पत्ता लागेको छ, बाँकी कुरा फरेन्सिक रिपोर्टले बताउला र अनुसन्धानले पनि देखाउला।’ कृशलाको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा रिपोर्ट आउन बाँकी छ। सामान्य प्रकृतिका शवको पोष्टमार्टम जिल्ला अस्पतालमै हुने गरे पनि यो संबेदनसिल घट्ना भएकाले धरान पठाइएको एसपी बोहराले बताए।

प्रकाशित: १ भाद्र २०७८ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App