८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुने बताइएको छ।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई रास्वपाको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा सहभागी भएका चारजना मन्त्रीहरूले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई चिठी लेखेर आफ्नो र आफ्ना परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गरका छन्।

पुँजीवादभित्रको पुरुषसत्ता

श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो।

न्यायालयको ‘विवेक’ र जगहँसाइ

नेपाली कांग्रेसका तर्फबाट मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको मुद्दामा ‘भ्रष्टाचार कसुर कायमै’ तर सर्वोच्च अदालतले कानुनको धाराबाहेक ‘विवेकको धारा’ प्रयोग गरेर गरिएको निलम्बन फुकुवाले न्याय सम्पादनबारे ‘नयाँ बहस’ जन्माइदिएको छ।

सयको नोटमा अब चुच्चे नक्सा

चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ।

आफूविरुद्धको षडयन्त्रमा लागेकाहरूको नाम छिटै सार्वजनिक गर्ने सन्दीपको चेतावनी

बलात्कार मुद्दामा जिल्ला अदालतबाट टोषी ठहर भएका सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा संलग्नको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ।

आफ्नै आदेश उल्टाउँदै सर्वोच्चले भन्यो-वैवाहिक बलात्कार र जबर्जस्ती करणी फरक

सर्वोच्च अदालतले वैवाहिक बलात्कारसम्बन्धी एउटा मुद्दामा पाँच वर्षदेखि जेल बसेका व्यक्तिलाई दुई महिना मात्रै सजाय ठहर गरेको छ।

‘पीपीपी’ प्रवर्द्धन गर्न वाप र नापबीच महत्त्वपूर्ण समझदारी

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि वल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल अफ प्राक्टिसनर्स (नाप) बीच महत्त्वपूर्ण समझदारी भएको छ।

सार्वजनिक यातायात विद्युतीयमा रूपान्तरण गर्न कति सहज?

पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारी (इभी) भित्रिरहेका छन्। स्वदेशमै विद्युत्को खपत बढाउने र वातावरण प्रदूषणरहित बनाउन सरकारले पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिँदै आएको छ।

आज नेपाल आउँदै कतारी राजा

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।

राजनीति-प्रशासन सम्बन्धको पहेली

शक्तिकेन्द्रित प्रवृत्तिका कारण राजनीतिक पार्टीले दलगत स्वार्थका लागि प्रशासनलाई उपयोग गर्ने सहज मौका पाएका छन्।

सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

सिटिजन्स बैंकले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ।

भारतमा सिट्रोनको तीन वर्ष नेपालमा पनि उत्सव

सिट्रोनले भारतमा कार उत्पादन गर्न थालेको तीन वर्ष भएको अवसरमा कम्पनीले नयाँ स्पेसल ब्लु एडिसन सार्वजनिक गरेको छ।

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्