१८ असार २०८१ मंगलबार
image/svg+xml

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

कोरोना त्रासः हवाई उडान घटाईयो, बस सेवा रोकियो

पोखरालाई राजधानी सहित चितवन र लुम्बिनी जोड्नेगरि यहाँबाट पर्यटक बस संचालन गर्दै आएपछि अहिलेको संक्रमणको त्रासले यात्रु हिड्नै छाडेको व्यवसायीले बताएका छन्। पर्यटक बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेका छन्।

पोखराको हवाई उडानको आकार बढेको बढ्यै

पोखरा विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपनि स्वदेशी यात्रुको माग बढ्दा पोखरासम्मको हवाई उडानको आकार दिनहुँ बढेको छ।

कुहिरोले चार घण्टासम्म हवाई उडान ‘डिले’

पोखरा विमानस्थल सामान्य अवस्थामा यतिबेला बिहान ६ बजेर २० मिनेटमा खुल्नुपर्ने हो। विमानस्थल खुल्नासाथ पोखरा–जोमसोम रुटमा उडान सुरु भईहाल्थे। त्यसपछि सवा ८ बजेतिर काठमाडौंका लागि उडान सुरु हुन्थ्यो। तर, पछिल्लो केहीदिनदेखि विमानस्थल खुल्ने समय झन्डै ६ घण्टासम्म ढिला हुने गरेको छ।

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन

सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानविन समिति गठन गरेको छ।

नेपाल–श्रीलंका सम्बन्ध

श्रीलंका सरकारले पनि नेपाल र श्रीलंकाका जनताबीचको सम्बन्ध कसिलो बनाउन नेपाली पर्यटकका लागि किफायती प्याकेज ल्याउनुपर्छ।अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजारछ, जुन दूरीका हिसाबले अत्यन्त महँगो हो।

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।

उडान सुरु भएको पहिलो दिन ५६ सय हवाई यात्रु

प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ।

आजबाट आन्तरिक हवाई उडान पुनः सञ्चालन

कोरोनाको दोस्रो लहर रोक्ने उद्देश्यको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः सञ्चालनमा आएको छ।

अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

यूएईले नेपालबाट हुने नियमित हवाई उडानमा लगायो रोक

संयुक्त अरब ईमिरेट्स (यूएई) सरकारले मे १२ अर्थात् बुधबार राती १२ बजेदेखि नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ।

हुम्लामा हवाई उडान पुनःसुरु

गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो।

तुँवालोले पोखराको हवाई उडानमा अवरोध, आइतबार ३२ उडान रद्द

धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा तीनदिनदेखि प्रभावित भएको छ । आइतबार पनि प्रदूषण कम नहुँदा यहाँबाट हवाइजहाजको उडान हुन सकेनन् । आइबार तय गरिएका ३२ वटा उडान रद्द भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्