४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा एमालेको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो।

कोशी प्रदेश: ठूलो दलकाे हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग

नेकपा एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेका छन्।

कर्णालीमा प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ।

बजेटबारे गोकर्ण बिष्टको टिप्पणीः जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्।

नागरिकता विधेयक प्रमाणीकरण विवाद: नागरिकतामा सधैं राजनीति

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति कार्यालय शीतलनिवासमा रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको भन्दै आइतबार संसद् अवरुद्ध गरेका छन्।

नागरिकता प्रमाणीकरण विवाद: विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना मनोनीत गरेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा १३ जना मनोनीत गरेको हो।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

निति तथा कार्यक्रम फिर्ता लिइ पुनर्लेखन गर्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।

आफ्नै सांसदसँग ओली रुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।

संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

आजबाट नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ३० गतेसम्म बस्नेछ। बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ।

रायमाझी भागे कि भगाइए ?

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्