८ वैशाख २०८१ शनिबार
राजनीति

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

गत सोमबार मात्र प्रहरीबाट अनुसन्धान र छानबिन प्रतिवेदन बुझेको कार्यालयले बुधवार दिउँसो मुद्दा दर्ता गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका ३० जना व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको हो। 

कार्यालयले ३० जना प्रतिवादी विरुद्ध जिल्ला जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो। स्रोतकाअनुसार कार्यालयले प्रकरणमा मुछिएकाहरू विरुद्ध राष्ट्र हित विरुद्धको कसुर, ठगी, कागजात किर्ते र सङ्गठित अपराध मुद्दामा कारबाही गर्न माग गरेको छ।  

कार्यालयले यस प्रकरणमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी, कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्व सभासद् आङदावा शेर्पा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गरिएका मध्ये १४ जना फरार छन् भने १६ जना प्रहरी हिरासतमा छन्। 

प्रकाशित: १० जेष्ठ २०८० ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App