coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

फाइल तस्बिर

आजबाट नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ३० गतेसम्म बस्नेछ। बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ। तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचिमा छलफल भएर निर्णय हुने तय भएको छ।

केन्द्रिय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ जना केन्द्रिय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनुहुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रिय निकायहरुको प्रतिवेदन,  मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापन लगायतका १० वटा कार्यसूची छन्।

प्रकाशित: २८ वैशाख २०८० ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App