९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णालीमा प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनपरी गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभा अवरुद्ध पारेको छ। 

एमालेले बजेट संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ। बुधबार शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने चेतावनी दिए।

‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीज्यूले कसैको प्रभावमा पर्दिनँ भनेर भन्नुभएको थियो। तर, उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो’, पछाईले भने, ‘मुख्यमन्त्री र योजना आयोगबाट तपाईँलाई कस्तो दबाब आयो संसद्मा एमाले जवाफ चाहन्छ।’

अर्थमन्त्री सिंहले बजेट निर्माणमा योजना आयोगबाट दबाब आएको अभिव्यक्ति दिएको बाहिर सार्वजनिक भए पनि संसद्मा कुनै दबाब नआएको भनेर ढाँटेको उनले बताए।

‘संसद्मा कुनै दबाब आएको छैन भन्ने अनि योजना आयोगले कर्मचारीलाई कारबाही गर्ने, ती को कर्मचारी हुन् ?,’ उनले भने, ‘तिनले बजेट निर्माणका क्रममा के–के दबाब दिए, संसद्मा जवाफ चाहियो।’

मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री सिंहले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुने गरी रातो किताब नल्याएको लगायतका आरोप एमालेको छ।

प्रकाशित: १३ असार २०८० ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App