१७ असार २०८१ सोमबार
image/svg+xml

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

सरकारी निकायका उच्च पदाधिकारीको मिलेमतोमा अबैध रूपले पानी ओसारपसार भइरहेको एक स्थानीयले बताए। ‘पानी मात्रै अर्डर गर्नु, सरकारी पहुँचवालासँग कुरा मिलाएर भए पनि भनेको ठाउँमा पानी पु-याउँछ,’ उनले भने, ‘अहिले दैनिक करिब २० ट्यांकर पानी ओसारपसार हुन्छ। अबैध पानी निकासालाई रोक्नमा सरोकारवाला निकाय आँखा चिम्लेर बसेका छन्।’

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

गोदावरी खोला किनारबाट अवैध रूपमा पानी तानिँदै

ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानिँदा पनि सरोकारवाला निकायले मौन छ। सिद्धि खानेपानीले महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी निकालेर बिक्री वितरण गरिरहेको स्थानीय बताउँछन्।

प्रथम गोदावरी कराते प्रतियोगिता सम्पन्न

प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २० खेलाडीले भाग लिएका छन्।

अझै रोकिएन नदीजन्य पदार्थ दोहन

गोदावरी नगरपालिकाका जनप्रतिनिधिको आडमा ठेकेदारहरुले गोदावरी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नुका साथै खोलामै घुम्ती क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्। एक महिनादेखि नदीमै घुम्ती क्रसर उद्योग सञ्चालन गरेर उत्खनन गर्न थालेपछि स्थानीयले विरोध गरे पनि जनप्रतिधि भने मौन छन्। जनप्रतिनिधिको मौनताले स्थानीय भने निराश छन्।

किक बक्सिङ पुसमा

पुसको पहिलो सातादेखि ललितपुर किक बक्सिङ संघको आयोजनामा गणेशमान स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ च्याम्पियनसिप हुने भएको छ।

जावलाखेलमा फूलै फूलकाे संसार (फाेटाे फिचर)

गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका छन्।

‘चुनावी अजेन्डामा टेकेर काम गरेका छौंं’

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनताले भोगेका प्रत्यक्ष समस्यालाई हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं ।

दल भनेकै जग्गा दलाल

प्रदेश सभा गठन भएको करिब आठ महिनापछि सात नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी तोकियो । यो नाम र ठाउँ जन भावनासँग कति मिल्दोजुल्दो थियो भन्ने कुराको आँकलन सामाजिक सञ्जालमा व्याप्त विरोधका स्वरहरूबाट पनि थाहा पाउन सकिन्छ।

गोदावरी भिलेज र होटेल ग्रिनलाई मुक्तिनाथको विशेष छुट

मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।

गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला बन्दै

गोदावरी नगरपालिका  ११ स्थित गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ। गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

जेसीआई गोदावरीमा शर्मा

जेसीआई गोदावरीको १७औं वार्षिक साधारण सभाले आशिष शर्माको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमृता शाही र महेश्वर खत्री चयन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्