१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जेसीआई गोदावरीमा शर्मा

काठमाडौं–जेसीआई गोदावरीको १७औं वार्षिक साधारण सभाले आशिष शर्माको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमृता शाही र महेश्वर खत्री चयन गरेको छ ।

त्यस्तै गरी उपाध्यक्षमा बिनोद बराल, बैभव अधिकारी, शैसन शाक्य, चेतना मिश्र चयन भएका छन् । महासचिवमा जेसी किरण नेउपाने, सचिवमा संजय श्रेष्ठ, कानुनी सल्लाहकार सुमनराज जोशी, कोषाध्यक्षमा प्रमोद पोखरेल, सहकोषाध्यक्षमा प्रकाश अर्याल नियुक्त गरेको छ ।

नवनिर्वाचित अध्यक्ष शर्माले नयाँ कार्यसमितिले सामाजिक क्षेत्रमा क्रियाशिल भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सामाजिक क्षेत्रमा सक्रिय भई समाजको हित हुने काममा लाग्न अनुरोध गरेका छन् ।
 

प्रकाशित: ९ माघ २०७४ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App