१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला बन्दै

ललितपुर - गोदावरी नगरपालिका  ११ स्थित गोदावरीमा बहू उद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ। गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ। रङ्गशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए। उनले रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्ने बताए। रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उनले बताए।

नगरपालिकाले रङ्गशाला निर्माणका लागि गत वर्ष रु ४० लाख र यस वर्ष रु एक करोड बजेट छुट्याएको छ। छिट्टै अखिल नेपाल फूटबल सङ्घसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताए। अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको बताउँदै उनले एक/दुई सातापछि निर्माण कार्य पुन: सुचारु हुने बताए।

आगामी तीन वर्षभित्र रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ। पहिले ढुङ्गाखानी सञ्चालन भएको स्थानमा अहिले रङ्गशाला निर्माण हुँदैछ। रासस

प्रकाशित: ११ भाद्र २०७५ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App