१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

किक बक्सिङ पुसमा

काठमाडौं – पुसको पहिलो सातादेखि ललितपुर किक बक्सिङ संघको आयोजनामा गणेशमान स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ च्याम्पियनसिप हुने भएको छ।

शुक्रबार संघले पत्रकार सम्मेलन गरेर गोदावरी नगरपालिकास्थित प्याङ्गाँउ चौरमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको जनाएको हो। प्रतियोगिता पुस ५ गतेदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्पm ५ गरी कुल १५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो।

प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र मुवा थाई लगायतका मार्सल आटर्सका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मिनकृष्ण महर्जनले जानकारी दिए।

प्रतियोगिताका सबै तौलका स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ पाउनेछन् भने रजत विजेताले १० हजार रुपैयाँ तथा तेस्रो हुनेले ५–५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी उत्कृष्ट पुरुष खेलाडीले १५ हजार तथा महिलाले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितामा सबैभन्दा बढी पदक जित्ने टिमले टिम च्याम्पियनको उपाधिसँगै नगद ५० हजार, दोस्रो हुने टिमले २५ हजार तथा तेस्रो हुने टिमले १२ हजार ५ सय रुपैयाँ  पाउने आयोजक संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०७५ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App